बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन


काठमाडौँ । बलिवुडको प्रसिद्ध गीत ‘काँटा लगा…’ फेम अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ ।
भारतीय मिडियाहरुले ४२ वर्षीया शेफालीको हृदयघातका कारण मृत्यु भएको गरेका छन् ।
शेफालीलाई शुक्रबार राति अन्धेरी वेस्ट (मुम्बई) स्थित बेलेभ्यू अस्पतालमा बेहोस अवस्थामा ल्याइएको लागिएको थियो । शेफालीलाई उनका पति अभिनेता पराग त्यागी र तीन जनाले अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याइएकी अभिनेत्री शेफालीको डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै मृत घोषित गरेको बताइएको छ ।
‘काँटा लगा गर्ल’ को रूपमा प्रसिद्ध शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन् । शेफालीले लोकप्रिय रियालिटी शो बिग बोस १३ मा पनि भाग लिएकी थिइन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%