फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौं । नेपाली फिल्म ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ ।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।

एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’ मा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।

चलचित्रको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। चलचित्रको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?