Skip to content
logo
कार्तिक ४ गते २०८१ समयः

आज आइतबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १२ गते २०८०
आज आइतबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

आज कात्तिक १२ गते, आइतबार संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दशैं अघि स्थगित रहेको संघीय संसदको बैठक आज दिउँसो १ बजे सुरु हुने भएको जनाइएको हो ।

आजको संघीय संसदको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ । त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८०, भन्सार विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक–२०८० प्रस्तुत गर्ने कार्यसूची पनि रहेको जनाइएको छ ।

साथै, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

Add a new comment