Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

सरकारद्वारा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २१ गते २०८०
सरकारद्वारा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

कार्यदललाई गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्ने म्यान्डेड दिइएको र काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

Add a new comment