Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा नेपाल र महासचिवमा भूसाल

मेरो आर्थिक
मेरो आर्थिक
असार २१ गते २०८१
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा नेपाल र महासचिवमा भूसाल

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बिहीबार साँझ झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् । अध्यक्ष पदको दाबी गरेका घनश्याम भूसाल महासचिव बस्न मञ्जुर भएकाले सहमति जुटेको हो ।
त्यस्तै, पूर्वप्रधानमन्त्री खनालले घनश्याम भूसाल निर्विरोध महासचिव बनेको घोषणा गरेका छन् । अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए ।
प्रतिनिधिहरुले अनुमोदन गरे पछि खनालले थप कार्यसूची प्रस्तुत गरे । उनका अनुसार, अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु सचिवालय बैठकबाट टुंग्याइनेछ । ‘क्षमता, योग्यता र भौगोलिका क्षेत्र हेरेर सचिवालयले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउनेछ’, खनालले घोषणा गरे ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने घोषणालाई पनि अनुमोदन गरिदिन उनले आग्रह गरे । हलबाट अनुमोदनको ताली बज्यो । मञ्चमै रहेकी पार्टी सचिव रामकुमारी झाँक्रीले असहमतिको हात उठाएकी थिइन् ।
खनालका अनुसार, नयाँ कमिटी नबनेसम्म चलिरहेकै कमिटी र नेतृत्व क्रियाशील रहने एकीकृत समाजवादीको विधान रहेकाले पुरानै सचिवालयले बाँकी नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकको निर्णय बमोजिम यो महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।

Add a new comment