Skip to content
logo
कार्तिक ४ गते २०८१ समयः

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम के कस्तो रहला ?

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ९ गते २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम के कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि उल्लेख छ।

राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

Add a new comment