Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १ गते २०८०
जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम

मौसम पुर्वानुमान माहाशाखाका अनुसार आज २०८० मंसिर १ गते शुक्रबार नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

Add a new comment