लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्याे एजिएम


काठमाडौं, १ पुस । लाभांश पारित गर्न शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गते साधारणा सभा बाेलाएकाे छ ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जानकारी गराएकाे छ । लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि पुस १६ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।
कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सभा भने पुस २९ गते राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बिहान ९ बजे डाकिएकाे छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%