यु-१९ विश्वकपमा खेलहरु जारी ; समूहमा नेपाल तेस्रो स्थानमा : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

यु-१९ विश्वकपमा खेलहरु जारी ; समूहमा नेपाल तेस्रो स्थानमा

मेरो आर्थिक मेरो आर्थिक माघ ९ गते २०८०

काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपमा आज समूह ‘बी’ अन्तर्गत दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच पोचेफस्ट्रोममा खेल हुँदा समूह ‘डी’को अफगानिस्तान र न्यूजिल्याण्डबीच इस्ट लण्डनको बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल हुँदैछ।

विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्दा इंग्ल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको हो।यता समूह ‘डी’मा अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने न्यूजिल्यान्डले नेपाललाई स्तब्ध बनाएको थियो।

१६ टोली सहभागी विश्वकपमा चार टोली सहभागी चार समूह छन् वसमा समूह ‘डी’मा पाकिस्तान शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्ड दोस्रो, नेपाल तेस्रो र अफगानिस्तान चौथो स्थानमा छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?