सुपर सिक्समा बंगलादेशसँग पराजित भएपछि यू-१९ टोली नेपाल फर्कियो


दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा भाग लिएर घर फर्केको नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।
सुरुका दुई खेलमा भने नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो भने सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%