Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

एकदिवसीय अभ्यास खेल : आज नेपाल र क्यानडा बीच दोस्रो खेल हुदै

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ८ गते २०८०
एकदिवसीय अभ्यास खेल : आज नेपाल र क्यानडा बीच दोस्रो खेल हुदै

काठमाडौं, ८ फागुन । नेपालको 'ए' टिमले  क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ ।

खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल 'ए' ४ विकेटले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिने सक्ने देखिन्छ । स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा खेल्ने मौका पाएका थिएनन् । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्ने देखिन्छ ।

खेलका लागि पूर्ण रुपमा फिट नभएकोले आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । आजको लागि भने उनी तन्दुरुस्त देखिन्छन् ।

Add a new comment