उरवा रेडमाथि इन्टर मिलानको जित : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

उरवा रेडमाथि इन्टर मिलानको जित

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८२

काठमाडौँ । इन्टर मिलानले जारी फिफा क्लब विश्वकप अन्तर्गतको खेलमा जापानी क्लब उरवा रेड डायमण्डसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले उरवा रेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा खेलको इन्जुरी समयमा भालेन्टाईन कार्बोनीले गरेको गोल निर्णायक भएको थियो । यस अघि खेलको ११औं मिनेटमा रिओमा वाटानाबले गरेको गोलबाट उरवा रेडले अग्रता लिए पनि खेलको ७८औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि इन्टर मिलानको २ खेलमा ४ अंक भएको छ भने उरावा रेडले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?