एसीसी यू-१६ इस्ट जोन: जापानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

एसीसी यू-१६ इस्ट जोन: जापानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल जापानविरुद्ध खेल्दैछ । यस खेलमा जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?