पिएसजी र बोटाफोगो फिफा क्लब विश्वकपको नकआउट चरणमा : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

पिएसजी र बोटाफोगो फिफा क्लब विश्वकपको नकआउट चरणमा

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेको छ ।

पिएसजीले समुह बी को अन्तिम खेलमा गएराती अमेरिकी क्लब सिएटल साउन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । पिएसजीको जितमा ख्विचा क्वारत्स्खेलिया र अशरफ हाकिमीले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह बी मा पिएसजीको ३ कलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थनमा रहदै नकआउट चरणमा पुगेको छ ।

 यस समुहबाट ब्राजिलियन क्लब बोटाफोगो पनि ३ खेलमा ६ अंकसहित नकआउट चरणमा पुगेको छ ।

त्यस्तै यस समुहमा ३ खेलमा ६ अंक भएपनि गोल अन्तरका आधारमा पछि पर्दै एटलेटिको म्याड्रिड समुहमा तेस्रो भएर समुह चरणबाट बाहिरिएको छ ।

त्यस्तै सिएटल साउन्डर्स एफसीले भने तिनै खेलमा हार बेहोरेको थियो । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?