एसीसी यू-१६ इस्ट जोन: जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

एसीसी यू-१६ इस्ट जोन: जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । जापानले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको हो ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?