एसीसी यू-१६ इस्ट जोन: नेपाल ९ विकेटले विजयी


काठमाडौँ । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।
जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपालले लगातार दोस्रो जित हासिल गरेको छ भने जापानको दोस्रो खेलमा पहिलो हार हो ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।
प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।