अल नासरबाट अलग भए प्रशिक्षक पियोली : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

अल नासरबाट अलग भए प्रशिक्षक पियोली

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८२

काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासरले मुख्य प्रशिक्षक स्टेफानो पियोलीलाई हटाएको छ । यस सिजनमा क्लब उपाधि विहिन बनेपछि अल नासरले प्रशिक्षक पियोलीलाई हटाएको हो ।

अल नासर यस सिजनमा साउदी प्रो लिगमा तेस्रो स्थान हासिल गरेको थियो । अल नासर आधिकारिक रूपमा इटालियन मुख्य प्रशिक्षक स्टेफानो पियोली क्लबबाट अलग भएको जानकारी दिएको छ ।

रियादमा पियोलीको कार्यकाल सफल हुन सकेन, अल नासर यस सिजनमा सबै घरेलु प्रतियोगिताहरूमा असफल भयो ।

अल नासर अब २०१९ देखि लिग उपाधि बिहिन रहेको छ र अन्तिम पटक १९९० मा किंग्स कप जितेको थियो । अल नासरको सबैभन्दा पछिल्लो ट्रफी जनवरी २०२१ मा साउदी सुपर कप रहेको थियो ।

अल नासरको व्यवस्थापनले प्रशिक्षकसँगको आपसी समझदारी पछि, पियोलीको सम्झौताको बाँकी ११ मिलियन युरो किस्तामा तिर्न सहमत भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्पेनी निर्देशक फर्नान्डो हिएरोको नेतृत्वमा रहेको क्लबको प्राविधिक टिमले नयाँ प्रशिक्षकको खोजी शुरु गरेको बताइएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?