पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो : Mero Aarthik
कार्तिक २८ गते २०८२

पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ  । 

गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो  । 

पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।

अब पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले पनि ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४-२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको छ ।

पिएसजी र बायर्न म्युनिखबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?