Skip to content
logo
भाद्र २२ गते २०८१ समयः

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक (भिडियो सहित)

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १० गते २०८१
सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको   तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।
एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् ।
उक्त म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्यूनिक भिडियोलाई बजारमा ल्याउन महत्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई. खतिवडाले उल्लेख गरे । आफ्नो अन्य गीतहरुको तुलनामा ‘प्रेम कहानी’को म्यूजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई. खतिवडाले बताए । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत गीतकार ई. खतिवडाको छ ।
स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा कृयाशिल गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।

Add a new comment