Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

मुक्तिनाथ विकास बैंकको लाभांश पारित

मेरो आर्थिक
मेरो आर्थिक
माघ २ गते २०७९
मुक्तिनाथ विकास बैंकको लाभांश पारित

मुक्तिनाथ विकास बैंकको शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैकले आफ्नो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय पारित गरेको हो ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको जनाएको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा बैंकका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछी उक्त प्रतिवेदनमाथि सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्दै कार्यक्रम सम्पन्न भएको थियो ।

Add a new comment