होजोन मोटर्सको नीटा भिको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नेपालमै पहिलो पटक ग्राहक लक्षित फ्री होम साथै अन साइट सर्भिस सुविधा सुरु गरेको छ।
नेपाली बजारमा हाल सम्म १५० भन्दा धेरै गाडी बिक्री भइसकेको र ग्राहकाको सुविधालाई ध्यानमा राखी फ्री होम सर्भिस साथै अन साइट सर्भिसलाई सुरु गरेको हो ।
सर्भिस हट्लाइनका लागि १६६००१११२६९ डाइरेक्ट सम्पर्कका लागि ९८०२३४०९४८ मा सम्पर्क गरेपछि २ घण्टा भित्र सर्भिसटिम साईटमा पुगेर सुविधा दिने छ। चाँडै नै नेपालको विभिन्न ४ ठाउँबाट थप ३ एस् सुविधा दिने बताइएको छ ।
क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, ठुलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भिको नयाँपक्ष हो । नीटा भिमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ ।
ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिइएको जनाएको छ । नीटा भिमा विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘क्याटल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ।








