माघ २२ गते २०८२ --:--:--
मेनु

छ हजार भन्दा बढि उद्योग थपिए पर्सामा

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०७९ ९:३९ AM
छ हजार भन्दा बढि उद्योग थपिए पर्सामा

पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुखले बताउनुभयो ।

आव पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् ।

यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट रू छ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?