माघ २२ गते २०८२ --:--:--
मेनु

माण्डबी गाउँपालिकाको एक्सरे मेसिन नचल्दा सास्ती

मेरो आर्थिक मेरो आर्थिक माघ २४ गते २०७९ ११:३३ AM
माण्डबी गाउँपालिकाको एक्सरे मेसिन नचल्दा सास्ती

प्यूठान : माण्डबी गाउँपालिकाको देबिस्थान स्वास्थ्य चौकीमा रहदै आएको एक्सरे मेसिन नचल्दा समस्या भएको बताईएको छ । उक्त कारणले एक्सरे गराउन अस्पताल सम्म आएका बिरामीहरु बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य रहेकाछन् ।

माण्डबी गाउँपालिका वडा (३ देबिस्थानमा रहेको स्वास्थ्य चौकीमा गत आर्थिक बर्ष २०७५ सालमा खरिद गरेको एक्सरे मेसिन हाल सम्म सुचारु गर्न सकिरहेको छैन। बन्द कोठा भित्र रहेको उत्त मेसिन चलाउने रेडीयोग्राफी टेक्निसियन पनि छैनन्। मेसिन खरिद गरेको ४ बर्ष भैसक्यो तर मेसिन स्टोर मै थन्किएर रहेको छ । बाहिरबाट सुन्दर देखिए पनि उत्त भवनको भित्र रहेका सोलार बत्ति जडान गरेको दिन देखि हाल सम्म सुचारु हुन् सकीरहेको छैन ।
देबिस्थान स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ निरिक्षिक गिर बहादुर नेपालिले भने (‘यहाँ रहेको सोलार बत्ती पनि बल्दैन र एक्सरे मेसिन चलाउने रेडीयोग्राफी टेक्निसियन पनि छैन ।’ बत्तिको बैकल्पिक माध्यम नहुदाँ अध्यारोमा भए पनि डेलिभरी केश गर्न बाध्य भएका छौ।”गिर बहादुर बताउछन । वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले प्रत्यक्ष स्वास्थ्य संग सरोकार भएको र मर्मत गर्ने कर्मचारी भर्ना गरेर भए पनि छिट्टै सुचारु हुने बताएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?