Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

धुलिखेल अस्पतालको मोबाइल एप सुविधा

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ८ गते २०७९
धुलिखेल अस्पतालको मोबाइल एप सुविधा

मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यसले गर्दा घरमै बसेर अस्पतालको स्वास्थ्य सेवाको टिकट अनलाइनमार्फत बुकिङ गर्न सक्ने भएकोले बिरामीहरूलाई लामो लाइनमा उभिने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।

यो एपबाट प्रयोगशालामा गरिएका परीक्षणका रिपोर्टहरू समेत प्राप्त गर्न सकिने मिडासले जनाएको छ । मिडासका अनुसार एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट प्रदान हुने स्वास्थ्य बीमाको सुविधा, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमाबारे पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।

Add a new comment