भूगोल इनर्जीको आइपीओ खुल्यो

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि आइपीओ खुला गरेको छ । सर्वसाधारणका लागि कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो । भूगोल इनर्जीले रु १०० दरको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता छुट्याइएको छ भने बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले चैत २७ गतेसम्म लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%