माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएका छन् ।
त्यस अनुसार कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ ।
त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । त्यस मध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता शेयर पाएका छन् ।











