Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

५ सय वटा चार्जिङ स्टेशन बनाउदै विद्युत प्राधिकरण

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २१ गते २०८०
५ सय वटा चार्जिङ स्टेशन बनाउदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले ५१ ओटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । विद्युतीय सवारीको बजार बढ्दै गएको अवस्थामा प्राधिकरणले तत्काल ५१ ओटा चार्जिङ स्टेशन सञ्चालनमा आउने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेशन प्रोजेक्ट म्यानेजर सागर ज्ञवालीले ५१ ओटा सहित ५०० ओटा चार्जिङ स्टेशन बनाउन लागेको बताए ।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै इन्जिनियर ज्ञवालीले ‘हाल ४० वटा चार्जिङ स्टेशन चलिरहेको छ,यही महिना थप ११ वटा सम्पन्न हुने चरणमा छन् । एक महिनामा भित्र ५१ वटा स्टेशन संचालनमा आउँदैछन।’ यस वर्ष प्राधिकरणले ५ सय वटा चार्जिङ्ग स्टेशन बनाउन लागेको जानकारी दिए ।

आगामी जुनसम्ममा भने ६२ वटा चार्जिङ्ग स्टेशन सक्ने लक्ष्य राखेको उनको भनाई छ ।

उनका अनुसार राजमार्गको प्रत्येक ६० मिटरको दुरीमा चार्जिङ्ग स्टेशन बनाउने लक्ष्य प्राधिरणको छ । ‘पछिल्लो समय इभि प्रति आकर्षण बढ्दो छ, चार्जिङ्ग स्टेशन छ भने मात्रै गाडी आउने हो । यसका लागि स्टेशन निर्माण हुन थालेको छ । त्यसपछि नै इभि प्रति आकर्षण झन बढ्छ,’ उनले भने ।

चार्जिङ स्टेशन संचालकहरुको लागि पनि मुनाफा सुनिश्चित गर्नुपर्ने र यसका लागि प्रोत्साहन आवश्यक रहेको उनले बताए ।

Add a new comment