फागुन २५ गते २०८२ --:--:--
मेनु

मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार

मेरो आर्थिक मेरो आर्थिक वैशाख २४ गते २०८० १:०० PM
मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार

मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो।

गत बिहीबार नेप्सेमा सूचीकृत गरेसँगै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुलाई निष्काशन गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी काष र कर्मचारीहरु सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित नेप्सेमा कारोवारमा आएको छ ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। त्यस अनुसार आज कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?