फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८० ४:१६ PM
नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।

यस दिन नेप्से सूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ४ अर्ब नजिक झरेको छ। यस दिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यस दिन फाइनन्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ। मंगलबार ३ उपसमूहको सूचक भने सकारात्मक देखिएको छ।

मंगलबार सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् भने ग्रिन भेन्चर्स लिमिटेडको पनि ३.८४ प्रतिशतले बढेको छ।

यता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?