नेपाल रिपब्लिक मिडियाको सेयर ११ गते सोमबार बाँडफाँट हुने भएको छ । सोमबार बिहान त्रिपुरेश्वरमा शेयर बाँडफाँट हुने भएको हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले शेयर पाउने कम्पनीले जनाएको छ । आईपीओमा करिब १३ लाख आवेदकबाट एक अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयरको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।
नेपाल रिपब्लिक मिडियाको सेयर सोमबार बाँडफाँट हुँदै












