फागुन १९ गते २०८२ --:--:--
मेनु

काठमाडौँका हलमा भारतीय फिल्मको प्रदर्शन जारी

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८० २:०१ PM
काठमाडौँका हलमा भारतीय फिल्मको प्रदर्शन जारी

भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् । आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फिल्मका लागि काठमाडौँमा अधिकांश हलले शो समेत प्रकाशित गरेका छन् ।

हिन्दी फिल्म रोकिएको विषयमा पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौँ महानगर दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि संघले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘हामीले आदिपुरुष रिलिज गरेका छैनौ’, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने– ‘अदालतको आदेशपछि फिल्म प्रदर्शन रोक्नु पर्ने देखिन्न ।’ चलचित्र संघको आधिकारिक धारणा समेत विज्ञप्ति मार्फत छिट्टै आउने उदयले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?