वैशाख ११ गते २०८३ --:--:--
मेनु

बहुमतसहित बजेट पारित

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८० ५:३१ PM
बहुमतसहित बजेट पारित

बजेटमाथि प्रतिनिधिसभामा भएको पहिलो मतदानबाट बजेट पारित भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित भएको हो ।

प्रतिनिधिसभामा उपस्थित २५५ जनामध्ये बजेटको पक्षमा बहुमतसहित बजेट पारित भएको हो । बजेटको पक्षमा १४७ मत आएको थियो भने विपक्षमा १०८ मत आएको हो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेकाले बजेट पारित गर्न मतदान गरिएको थियो ।

एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?