हाथवे इन्भेष्टमेन्ट कम्पनीले ५० रुपैयाँमा आईपीयो निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो ।
जस अनुसार हाथवे इन्भेष्टमेन्ट कम्पनीले २९ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । उक्त कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।












