Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

एक हजार २४ जनामा डेंगी, एक जनाको मृत्यु

मेरो आर्थिक
मेरो आर्थिक
असार २० गते २०८०
एक हजार २४ जनामा डेंगी, एक जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ६ महिनामा एक हजार २४ जनामा डेंगी पुष्टि भएको छ । साथै ६ महिनामा एक जनाको मृत्यु समेत भएको हो ।


महाशाखाको तथ्यांक अनुसार काठकाडौ उपत्यकामा पुष यता काठमाडौंमा ४६, भक्तपुरमा ३५ र ललितपुरमा १२ जना गरी जम्मा ९३ जना संक्रमित भएको बताईएको छ । त्यसैगरी दार्चुला, कास्की, धादिङ लगायतका जिल्लामा संक्रमित धेरै भेटिएको बताईएको छ ।

यसवर्ष सरकारले डेंगी बिरुद्ध पहल गरेको छ । सरकारले डेंगी फैलिन नदिन हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट डेंगीविरुद्धको अभियान चलाउन सबैमा आह्वान पनि गरेको छ ।

Add a new comment