Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

एसईईको नतिजा सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
असार २१ गते २०८०
एसईईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको जनाएको छ ।
३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ रहेको छ । २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको र सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख २ हजार २९३ छ ।

एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
एसईईको नतिजा विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने बताईएको छ ।

Add a new comment