शुक्रबार अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ५ लाख ३९ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १२ लाख ४७६ आवेदन परेको थियो । जसमा २ हजार ३९९ आवेदन रद्द भएको छ भने ११ लाख ९८ हजार ७७ आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।












