Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

किष्ट शिक्षण अस्पतालको सहुलियत कार्यक्रम

मेरो आर्थिक
मेरो आर्थिक
असार २५ गते २०८०
किष्ट शिक्षण अस्पतालको सहुलियत कार्यक्रम

किष्ट शिक्षण अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर रोगी बिरामीहरुका लागि उपचार मा रु. १ लाख सम्मको छुट प्रदान गर्ने भएको छ ।

यस सहुलियत सुविधा लिनका डाक्टरको सिफारिस पत्र, आफ्नो स्थानीय निकायबाट माइन्युट सहितको सक्कल बिपन्न प्रमाणित सिफारिस र नागरिकता प्रमाण पत्र अस्पतालको ‘बिपन्न नागरिक तथा समाज कल्याण’ शाखामा बुझाउनु पर्नेछ ।

किष्ट शिक्षण अस्पतालले विगतका बर्षदेखिनै हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर जस्ता गम्भीर बिरामीहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।

अस्पतालमा नेपाल सरकार बिपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत कडा रोग मध्येका हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा क्यान्सर रोग उपचार सम्बन्धि सेवा सुचारु भइसकेको छ ।

अस्पतालमा बिपन्नलाई प्राथमिकतामा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ भने यसका लागि प्रभावकारी व्यवस्थापनका छुट्टै सम्पर्क केन्द्रको समेत स्थापना गरेको छ ।

Add a new comment