चैत्र ८ गते २०८२ --:--:--
मेनु

किष्ट शिक्षण अस्पतालको सहुलियत कार्यक्रम

मेरो आर्थिक मेरो आर्थिक असार २५ गते २०८० ३:३४ PM
किष्ट शिक्षण अस्पतालको सहुलियत कार्यक्रम

किष्ट शिक्षण अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर रोगी बिरामीहरुका लागि उपचार मा रु. १ लाख सम्मको छुट प्रदान गर्ने भएको छ ।

यस सहुलियत सुविधा लिनका डाक्टरको सिफारिस पत्र, आफ्नो स्थानीय निकायबाट माइन्युट सहितको सक्कल बिपन्न प्रमाणित सिफारिस र नागरिकता प्रमाण पत्र अस्पतालको ‘बिपन्न नागरिक तथा समाज कल्याण’ शाखामा बुझाउनु पर्नेछ ।

किष्ट शिक्षण अस्पतालले विगतका बर्षदेखिनै हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर जस्ता गम्भीर बिरामीहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।

अस्पतालमा नेपाल सरकार बिपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत कडा रोग मध्येका हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा क्यान्सर रोग उपचार सम्बन्धि सेवा सुचारु भइसकेको छ ।

अस्पतालमा बिपन्नलाई प्राथमिकतामा राखेर उपचार गरिने व्यवस्था मिलाइएको छ भने यसका लागि प्रभावकारी व्यवस्थापनका छुट्टै सम्पर्क केन्द्रको समेत स्थापना गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?