नेप्से परिसूचक सामान्य घटेको छ । नेप्से आज ०.८० अंक घटेर २०७६.९६ विन्दुमा पुगेको हो ।
१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ । नेप्से करिब स्थिर रहेपनि आईतबारको तुलनामा कारोबार रकमा भने बृद्धि भएको छ । आज २९३ स्टकको ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ ।
आज रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्इ ६.३४ प्रतिशतले घटेको छ ।












