फागुन २४ गते २०८२ --:--:--
मेनु

माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो, कसकसले दिन सकिन्छ आबेदन ?

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८० ११:४६ AM
माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो, कसकसले दिन सकिन्छ आबेदन ?

माण्डु हाइड्रोपावर लिमिटेडले आज (असार २८ गते) देखि प्रिमियममा आईपीओ खुल्ला गरेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुल्ला गरेको हो ।

जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि खुल्ला गरेको हो । साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि खुल्ला गरेको हो ।

ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?