नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार २९ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।
उक्त हकप्रद शेयरमा सहभागी हुन जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सकिनेछ । उक्त हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।












