आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणको आईपीओ बाँडफाँट भएको छ । सिभिल क्यापिटलको कार्यालयमा शनिबार आईपीओ बाँडफाँट भएको हो ।
असार २१ गतेदेखि २५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर खुल्ला गरेको थियो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ । त्यस अनुसार ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।












