फागुन १९ गते २०८२ --:--:--
मेनु

सीजीनेटले ल्यायो आकर्षक अफर

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८० ५:४५ PM
सीजीनेटले ल्यायो आकर्षक अफर

इन्टरनेट सेवाप्रदायक सीजीनेटले आरआरआर (रिफर, रिडिम र रिपिट) नामको नयाँ अफर ल्याएको छ । यसअन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने भएका छन् ।

यसै अफर अन्तर्गत हरेक रिफरर (रिफर गर्ने ग्राहक)ले अफरको अन्त्यमा विभिन्न उपहार पाउने भएका छन् । कम्पनीका अनुसार तीन जनासम्म रिफर गर्ने ग्राहकले उच्च गुणस्तरको एयरपड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउने ग्राहकलाई स्मार्टवाच प्रदान गरिने छ ।

४५ दिनसम्म चल्ने यो अफर अवधिभर सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्ने तीन जनामध्ये सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै दोस्रो धेरै रिफर गर्ने ग्राहकले ४३ इन्चको स्मार्ट टिभी र तेस्रो धेरै रिफर गर्नेले ३२ इन्चको स्मार्ट टिभी पाउनेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?