फागुन २४ गते २०८२ --:--:--
मेनु

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक श्रावण १६ गते २०८० ११:४२ AM
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

साउन १६ गते, मंगलबार मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले कुल ७२२ आवेदनमार्फत १ लाख ८३ हजार ३८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। कम्पनीले आवेदन दिएका सबै आवेदकलाई माग गरेजति शेयर बाँडफाँट गरेको छ।

त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। सो आईपीओमा कुल २५ हजार २१९ आवेदनमार्फत ६ लाख २६ हजार ८१० कित्ता शेयरका लागि आवेदन परेको थियो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ। यस अनुसार २० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?