Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

आजदेखि अपि पावरको हकप्रद शेयरमा आवेदन दिन सकिने

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ३१ गते २०८०
आजदेखि अपि पावरको हकप्रद शेयरमा आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेड(API) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले अहिले ४० मेगावाटको अप्पर चमेलीया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Add a new comment