वैशाख ११ गते २०८३ --:--:--
मेनु

क्षेत्रगत विज्ञहरुसँग सुझाव संकलनको लागि कार्यक्रमको आयोजना

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३२ गते २०८० १०:३६ AM
क्षेत्रगत विज्ञहरुसँग सुझाव संकलनको लागि कार्यक्रमको आयोजना

नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै देशको आर्थिक विकासको मोडल र विकास कार्यक्रम सम्बन्धी अन्तर्क्रियामा कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलस्रोत र वाणिज्यसहित विभिन्न क्षेत्रका बिज्ञहरुले सुझाव दिएका हुन् ।

कार्यक्रमकामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी श्रमशक्ति पलायनको चक्रलाई रोक्नुपर्ने बताए । नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको पुनले बताए । उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको बताए ।

विज्ञहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरकारले छिट्टै प्रक्रिया अघि बढाउनुपर्ने, विद्युत निर्यातलाई नभई स्वदेशमै खपत बढाउने गरी औद्योगीकरण गरिनुपर्ने, श्रमशक्ति निर्यात गर्ने नभई उपयोग गर्ने नीति अख्तियार गरिनुपर्ने, उत्पादन वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम अघि सारिनुपर्ने जस्ता सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले १६औं पञ्चवर्षिय योजनाको तयारी भइरहँदा विगतका असफलताबाट सिकेर अति महत्वाकांक्षी योजना समेट्न नहुने बताए ।

कार्यक्रममा विज्ञहरुका साथै माओवादी केन्द्रका ३३ वटै विभागबाट दुई–दुई जनाका दरले प्रतिनिधित्व थियो । अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागको तयारी रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?