फागुन २४ गते २०८२ --:--:--
मेनु

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै अप्पर तामाकोशी

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३२ गते २०८० ११:१९ AM
शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै अप्पर तामाकोशी

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन आगामी भदौ १८ गतेदेखि गर्न लागेको हो । यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?