वैशाख ११ गते २०८३ --:--:--
मेनु

अनेरास्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ चयन

मेरो आर्थिक मेरो आर्थिक भाद्र ११ गते २०८० ७:०७ AM
अनेरास्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरति लामा चयन भएकी छिन् । अनेरास्ववियूका निवर्तमान अध्यक्ष सुदेश पराजुली, सह अध्यक्ष वसिम आलम, उपाध्यक्ष यशु लामा लगायतले भने विद्यार्थी संगठनबाट बिदा भएर पार्टी राजनीति रोजे सँगै लामा निर्वाचित भएकी हुन् ।

पाटी संगठनको स्थायी कमिटीको तेश्रो बैठकले लामालाई सम्मेलन आयोजक कमिटीको संयोजक बनाएको हो । उनी यस अघि अनेरास्ववियूको महासचिव थिइन ।

हालको महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ यसअघिको कार्यकालमा उप महासचिव थिए । नयाँ समितिले आगामी मंसिर भित्र सम्मेलन गर्ने म्याण्डेड दिईएको बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?