मंगलबार कारोबार रकमसँगै सूचक समेत घट्यो, ५.०५ अंकले सूचक घटेर १९९३.४२ अंकमा ओर्लिएको छ। यस दिन जम्मा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर मात्र कारोबार भएको छ ।
इन्भेष्टमेन्ट, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ कम्पनीहरुको सेयर मूल्यमा झिनो प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
तथापि, आज पनि कुथेली बुकहारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।












