फागुन २० गते २०८२ --:--:--
मेनु

जनै पुर्णिमा पर्व आज देशभर रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै

मेरो आर्थिक मेरो आर्थिक भाद्र १४ गते २०८० ६:५८ AM
जनै पुर्णिमा पर्व आज देशभर रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै

जनै पुर्णिमा अर्थात् रक्षाबन्धन पर्व आज देशभर नयाँ जनै फेरेर र हातमा रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । आज पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँधेर मनाइने गरिएको हो ।

धार्मिक परम्परा अनुसार आजको दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्ने चलन छ । मन्त्रिएको डोरो (रक्षाबन्धन) धारण गरेमा नकारात्मक तत्वबाट रक्षा हुने विश्वास गरिन्छ।

आज विभिन्न किसिमका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?