जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।
जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।












